देशलाई समृद्ध बनाउन वैकल्पिक सरकार गठन हुन्छ : नेता भट्टराई

0

सिन्धुली, २५ चैत्र : नया शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउने बताउनुभएको छ । देशलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउन नयाँ शक्ति पार्टीले वैकल्पिक सरकार बनाउने बताउनुभएको हो ।

नयाँ शक्ति सिन्धुलीले आज साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले सिंहदरबारको अधिकार गाउँगाउँमा गएसँगै हुन सक्ने अनियमिततालाई रोक्न वैकल्पिक सरकारले काम गर्ने बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, “सिंहदरबारमा हुने भ्रष्ट्राचार, अनियमितता, ढिलासुस्तीजस्ता प्रवृत्ति रोक्न स्थानीय, प्रदेश र संघीय तहमा वैकल्पिक सरकार बनाउन लागेका हाँै ।”
-रासस

Share.

Comments are closed.

error: Content is protected !!