देउवा सरकारका गलत नजिर

0

काठमाडौँ, माघ १४: गत १४ भदौमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देउवा नेतृत्वको सरकार कामचलाउ एवं चुनावी सरकारको हैसियतमा परिणत भएको थियो । र, आचारसंहितामा बाँधिएको थियो ।

निर्वाचन सहजीकरण, सुरक्षा र दैनिक प्रशासन सञ्चालन गर्नु मात्र उसको दायित्व थियो । यसबाहेक दीर्घकालीन प्रकृतिका नीतिगत निर्णय, आर्थिक सहायता वितरण, नियुक्ति, सरुवा, बढुवाजस्ता निर्वाचनमा जनमत प्रभावित हुने गतिविधि गर्न पाँइदैन ।तर, उसले चुनावी सरकारको सीमासमेत कुल्चेर निर्वाचन आचारसंहिताकै धज्जी उडायो र पटक पटक गलत नजिर स्थापित गर्यो ।

निर्वाचन आयोगको अभिलेखअनुसार आचारसंहिता आकर्षित हुने गरी देउवा सरकारले १४ भदौदेखि ११ मंसिरसम्म ५३ वटा राजनीतिक नियुक्ति, ९० वटा करार नियुक्ति १ सय १२ वटा सरुवा, २ सय ५२ काज, ३१ वटा बढुवासम्बन्धी, एक सय वटा नीति, नियम र बजेट संशोधनका निर्णय, १० वटा आर्थिक सहायता वितरणसम्बन्धी निर्णय, ९ सय ८८ वटा विदेश भ्रमणका कार्यक्रम स्वीकृत गरेको छ । सरकारी पदमा रहेका राजनीतिक नेताहरुले २६ पटक हेलिकप्टर प्रयोग गरेका छन् ।
-नेपाल साप्ताहिक

Share.

Comments are closed.

error: Content is protected !!