दुर्घटनास्थलको देखिएको यो एक फोटो जसले संसार हल्लायो,तस्बिरको बास्तबिकता पछी तपाइका पनि आँशु रोकिने छैनन्

0

काठमाडौँ, २९ फागुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ५० जनाको ज्यान गयो । ३३ जना नेपाली यात्रु र चालकदलका सदस्यसहित ७१ जना लिएर बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको थियो ।

विमानमा ढाकामा एमबीबीएस अध्ययन गर्न गएका १९ नेपाली विद्यार्थी थिए । ती विद्यार्थीहरु आफ्नो एमबीबीएस अध्ययनको अन्तिम परीक्षा सकेर नेपाल फर्किंदै थिए । दुर्घटनास्थलका सार्वजनिक भएका तस्वीरहरुमध्ये उक फोटोले संसारको ध्यान तानेको छ ।

फोटोमा मेडिकल शिक्षाको एक पुस्तक क्षत विक्षत अवस्थामा छ । डाक्टर बन्ने सपना बोकेर गएका विद्यार्थीहरु ठूलो परिश्रम गरी अध्ययन सकेर अब औपचारिक रुपमा डाक्टर बन्ने सपनासहित स्वदेश फर्किएका थिए । तर, दुर्घटनाले उनीहरुको सपना चकनाचुर बनाइदिएको छ । उनीहरुको सपनाजस्तै क्षतविक्षत भएको यो पुस्तकको फोटो सामाजिक संजालमा शेयर गरिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!