दीपिका र कट्रिनाको झगडा, बिहेमा कट्रिना निषेध

0

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणबीर सिंह बिचको प्रेमसम्बन्ध कोही माझ लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् ।

लामो समयदेखि प्रेममा रहेका रणबीर र दीपिकाको चाँडै विवाह गर्ने खबर भारतीय सञ्चारमाध्यममा आइरहन्छ । तर यति बेला बलिउड गसिप बजारमा यी दुईको विवाह भन्दा पनि नायिका दीपिका पादुकोण र अर्की नायिका कट्रिना कैफ बिचको झगडाले चर्चा पाइरहेको छ । हालै दीपिकाले आफ्नो बिहेमा कट्रिनालाई नबोलाउने सार्वजनिक टिप्पणी गरेपछि यतिबेला उनीहरुवीचको दुश्मनी अझै बढेको देखिएको छ । दीपिका र रणवीर सिंह प्रेम सम्बन्धमा छन् ।

उनीहरुले यसै बर्ष बिवाह गर्ने हल्लीखल्ली पनि छ । यसै मेसोमा एक अन्तर्वार्ता दिँदै दीपिकाले भनेकी छिन्, म आफ्नो बिहेमा कट्रिना कैफलाई निम्तो गर्ने छैन । कट्रिना र दीपिकाको सम्बन्ध पानी बारबारको छ । उनीहरुको झगडा बलिउडमा कतैबाट लुकेको छैन ।खासमा दीपिका कट्रिनासँग निकै आक्रोसित भएको खबर बाहिरिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!