दीपा राई पुनको ‘मायाको सागर’ सार्वजनिक [हेर्नुहोस भिडियो]

0

काठमाडौं, ३१ भदौ  : जीवन भोगाईका अनुभूतिहरुलाई शब्दमा उतार्ने कवि हुन् दीपा राई पुन । पाचँथरको रवीमा जन्मिएर झापाको दमकमा हुर्किएकी उनी अहिले प्रवासमा छिन् ।

सानैदेखि नाचगानका साथै लेखनमा रुची राख्ने उनले कविता, कथा र गीत लेखिरहेकी छिन् । ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता सङ्ग्रह र फुटकर रूपमा सैयौं कविताहरू प्रकाशित भइसकेका उनले ‘प्रतिरुप’ गीति एल्बम सार्वजनिक गरिसकेकी छिन् । नेपालमा पुष्प व्यवसायीकी रूपमा समेत परिचित उनले २००९, २०१० र २०११ मा उत्कृष्ट पुष्प व्यवसायीको पुरस्कार समेत पाएकी थिइन् ।

हाल अमेरिका बस्दै आएकी उनले पछिल्लो समयमा सांगीतिक क्षेत्रलाई प्राथमिकता दिइरहेकी छिन् । उनले ‘प्रतिरुप’ एल्बम भित्रका गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । केहि समय अघि मात्र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘तिमी मेरो, म तिम्रो’ गीतको म्यूजिक भिडियो सावर्जनिक गरेकी थिइन् ।
उनले यसैक्रममा हिजो (शनिबार) ‘प्रतिरुप’ एल्बमको मेलिना राईकै स्वर रहेको ‘मायाको सागर’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको संगित राजेश थापाले गरेका छन् ।

वर्तमान यान्त्रिक समाजमा सम्बन्धहरू खुकुलो हुँदै गएको यथार्थलाई भिडियोमा चित्रण गरिएको छ । विदेशमा जानका लागि गरिने कागजी विवाहका कारण हुने पीडालाई मार्मिक ढङ्गले उतारिएको छ । भिडियोलाई खगेन्द्र पान्दक लिम्बुले निर्देशन गरेका छन् । भने म्यूजिक भिडियोमा सविना गोपाली, शैलेन्द्र बस्नेत, प्रकाश लिम्बु र लिला खड्काले फिचरिङ गरेका छन् ।
मायाको सागर’ हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!