दिल्ली डेयरडेभिल्सले सन्दीप र मोहन बगानले विमललाई खरिद गरेपछि कमल थापाको बधाई

0

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट टीम दिल्ली डेयरडेभिल्सले खरिद गरेपछि उनलाई धेरैले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । सन्दीपलाई इन्डियन प्रिमियर लिग अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको हो । यस्तै नेपाली फुटबलर विमल घर्तिमगर पनि भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् ।

यी दुवै खेलाडीलाई बधाई दिँदै कमल थापाले ट्वीट गर्नुभएको छ । उहाँले दुवै खेलाडीलाई सफलताको शुभकामना दिँदै लेख्नुभएको छ, ‘भारतको प्रसिद्ध क्लबहरु दिल्ली डेयरडेविल्स र मोहन बगानबाट क्रमश क्रिकेट र फुटबल खेल खेल्ने अवसर प्राप्त गरेका नेपालका लोकप्रिय खेलाडीहरु सन्दीप लामिछाने र विमल घर्तिमगरलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ।’

Share.

Comments are closed.

error: Content is protected !!