त्रिकोणात्मक प्रेम कथामा आधारित ‘रानीमहल’को शुभ मुहूर्त [भिडियो सहित]

0

काठमाडौं, १२ माघ: त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘रानीमहल’को बिहीबार शुभ मुहूर्त गरिएको छ । काठमाडौंमा बिहीबार आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त चलचित्रको शुभ मुहूर्त गरिएको हो । स्वस्तिक फिल्मसको ब्यानरमा निर्माण गरिन लागेको सो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गर्ने भएका छन् ।


चलचित्र रानीमहलमा नीर शाह, बीएस राना, प्रशान्त ताम्राकार, दीपक क्षेत्री, केशब भट्टराई, सुस्मिता बमजन, रश्मी भट्ट, उमा बेबी, बिष्णु सापकोटा, नगेन्द्र रिजाल, वर्षा सिवाकोटी, आशिष अधिकारी, साहिल श्रेष्ठ, मानस्वी खरेल, युनिता खत्री, बासु खनाल, शिलु पोखरेल, अनामिका लामिछाने, भिस्म राज जोशी, सौगात धिताल, बिनोद कुमार सापकोटा, सुरज चौलागाईं, पुष्पा निरौला, भोला शाह, गणेश पौडेललगायत कलाकारको अभिनय रहेने छ ।

चलचित्रको नामले दरबारसँग सम्बन्धित जस्तो लागे पनि यथार्थमा त्यस्तो नरहेको र यसमा त्रिकोणात्मक प्रेम कथालाई समेटिएको निर्माण पक्षले जानकारी दियो । सो चलचित्रमा बिमल भुसालले लगानी गर्ने भएका छन् ।

डेढ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो चलचित्र ४५ दिनभित्र सुटिङ सक्ने गरी यही माघको तेस्रो हप्ताबाट फ्लोरमा जाने जानकारी दिइएको छ । सो चलचित्रको बुटवल, भैरहवा, चितवन, स्याङ्जा, पोखरा, पाल्पा र काठमाडौंमा सुटिङ हुनेछ ।

Share.

Comments are closed.

error: Content is protected !!