तिनजुरे–गुफा–पाथीभरा सर्किट पदयात्रा हुँदै

0

ताप्लेजुङ सरोकार केन्द्रले तिनजुरे–गुफा–पाथीभरा सर्किट पदयात्रा गर्ने भएको छ । ताप्लेजुङ क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले पदयात्रा गर्न लागिएको पदयात्राका सचिव सन्तोष मादेनले बताउनुभयो ।

“तिनजुरे क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग गर्नु प्रमुख उद्देश्य हो”, मादेनले भन्नुभयो । विश्वमा जम्मा ३२ प्रजातिका गुराँस पाइने उहाँले बताउनुभयो । ताप्लेजुङको पाथीभरा क्षेत्रमा रहेको कञ्चनजङ्घालगायत अन्य हिमाल विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शृङ्खलाका रुपमा रहेका छन् ।

पदयात्रा जम्मा सात दिनको हुने आयोजक कमिटीले जानकारी दिएको छ । पदयात्रामा ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम र धनकुटाका सभासद्लगायत जनप्रतिनिधि र स्थानीय जनप्रतिनिधि, उद्योग व्यवसायी सहभागी हुनेछन् ।

Share.

Comments are closed.

error: Content is protected !!