तिजको दिन निशान भट्टराईसँग सेल्फी लिन युवतीहरुको रोई कराई, गरे तछाड-मछाड [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। नेपालको सबैभन्दा ठुलो रियालिटि सो नेपाल आईडलमा फर्स्ट रनरअप बनेका निशान भट्टराई अचेल स्टेज शोमा निकै व्यस्त देखिन्छन्। हिजो मात्र गौशाला स्थित पशुपति मन्दिरमा छक्का पन्जा ३ टिमले आयोजना गरेको तिज विशेष कार्यक्राममा पनि उनको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा उनले उनको आफ्नै गीत भुन्टी, फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ लगायातका अन्य गीत गाएर दर्शकलाई नचाउन सफल भएका थिए।

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ३’को दोस्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ … निशान भट्टराई र एन्जिला रेग्मीको स्वरमा रहेको छ। उनको यो गीत छोटो समयमा नै आम दर्शकले निकै मन पराएका थिए।

तिजमा महिला दिदीबहिनीहरु पशुपति मन्दिर दर्शन गर्न गएका बेला अचानक निशान भट्टराइलाई देख्दा आफुलाई सम्हाल्न सकेनन्। निशान गीत गाउदै थिए युवतीहरु स्टेजमा नै गएर नाच्नेको कमि थिएन। निशानले उक्त कार्यक्रममा यत्ति माया पाए कि उनी आफ्ना शुभचिन्तक एवम फ्यानहरुबाट घेरीए। उनीसँग टासिएर तस्विर खिचाउनेको पनि उत्तिक्कै भिड थियो। त्यो भिड निशानका लागि देख्दा यस्टो लाग्थ्यो कि सबै अविवाहित युवती निशान जस्तै जीवनसाथी चाहन्छन्।

हुन त यो निशान प्रति आम दर्शकको माया साथ् र सहयोग पनि हो। आज निशान जुन स्थानमा छन् त्यो सबै आम दर्शक, उनका फ्यान र शुभचिन्तककै कारण छन्। उनले यो कुरा राम्ररी मनन गरेका छन्। त्यसैले त उनले स्टेजबाट नै सबैलाई उनको प्रगतिमा साथ दिएको र आज यो स्थान सम्म पुराउन सहयोग गरेकोमा धन्यवाद प्रकट गरे। उनले शिर नुहुराएर सबै माझ कृतज्ञता जनाए।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!