तपाईको लागी २०७५ साल कस्तो छ, जान्नुहोस् सम्पूर्ण नालीबेली (भिडियोसहित)

0

काठमाडौँ। समग्रमा मेष राशि भएका व्यक्तिहरूका लागि २०७५ साल फलदायी रहनेछ । वृष राशि भएका व्यक्तिहरूका लागि सङ्घर्षमय पूर्वाद्धको समय पार गर्दै उत्तरार्द्धको समय फलदायी रहनेछ ।

मिथुन राशिको लागि पूर्वाद्धको समय परिणाममुखी काम गर्दै मध्यकाल सङ्घर्षमय हुँदै उत्तरार्द्धको समय शुभ रहनेछ । कर्कट राशि हुनेहरूको लागि यो वर्ष बिभिन्न अवसरहरूको सदुपयोग गरि जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेको छ । सिंह राशि हुनेहरूको लागि समग्रमा समय राम्रो रहेको छ । कन्या राशि हुनेहरूको लागि समग्रमा यो वर्ष राम्रो रहेको छ ।

यो वर्ष तुला राशि हुनेहरूको लागि उत्साहजनक वर्ष रहनेछ । वृश्चिकका लागि यो वर्ष पूर्वाद्धको समय सङ्घर्षमय रहेपनि उत्तरार्द्धको समय उत्साहजनक रहनेछ । धनु राशि भएका व्यक्तिहरूलाई पूर्वाद्ध तथा मध्यकाल उत्साहजनक रहेपनि उत्तरार्द्धको समय केही सङ्घर्षमय रहनेछ ।मकर राशि हुनेहरूको लागि समग्रमा समय राम्रो रहेको छ । कुम्भ राशि हुनेहरूको यो वर्ष उत्साहपूर्वक बित्नेछ । यो वर्ष मीन राशि हुनेहरूको लागि सुरुको समय सङ्घर्ष मय रहेपनि अन्तको समय भने उल्लासमय रहनेछ ।

हेर्नुहोस् खासगरी यो वर्ष भारी कुन राशि भएका मानिसको भाग्यमा कस्तो प्रभाव छ. पूरा जानकारीको लागि तलको भिडियो हेर्नुस्:

Share.

Comments are closed.

error: Content is protected !!