डा.सि.के.सिंहको जन्मदिनको अवसरमा गरिब तथा दलित बिद्यार्थीलाई सहयोग

0

काठमाडौँ, ७ फागुन : डा.सि.के.सिंह नेपाली कलाक्षेत्र र समाजसेवीको रुपमा चिनाइरहनु पर्ने नाम भने होइन । पेशाले डाक्टर भएपनि कलाक्षेत्र र समाजसेवामा निरन्तर लागी परेका सिंह पछिल्लो समय बनेका नेपाली गीतको म्युजिक भिडीयोमा छाउदै गरेका मोडल हुन् ।

डाक्टरी पेशाका बावजुत पनि कलाक्षेत्रमा सक्रिय रहदै आएका डा. सिंहको आज जन्मदिन पनि परेको छ । गीतका म्युजिक भिडियो, साना पर्दाका चलचित्र अथवा ठुला पर्दाका चलचित्र आदीका अभिनयमा छाउदै गरेका सिंहको आज ३० औ जन्म दिन हो ।

आफ्नो जन्मदिन भएपनि उनि खासै भोज भतेर र साथीभाईसँग रमाइलो गर्न खर्च गर्ने पक्षमा भने छैनन् । आफ्नो जन्मदिनमा लाग्ने सम्पूर्ण खर्च सप्तरी तिलाठी –कोइलाडी गाउपालिका बडा नं ६ को श्री रा. प्रा. विद्यालयको गरीब तथा दलित बालबालिकाहरु जसले आवश्यक शैक्षिक सामग्रीको कमिले हिनताबोध स्वरुप विद्यालय जानबाट बञ्चित छन। जसका कारणले उनीहरुको भविष्य अन्धकारमय बन्न सक्छ। उक्त बालबालिकाको उज्जवल भविष्य बनाउने अभिप्रायले विद्यालय पोशाक, कपी, कलम, ब्याग जस्ता सामग्रीमा सहयोग गर्ने डा .सिंहले बताएका छन् ‘

‘चुलबुले कान्छीलाई देखेर छैन मन बसमा’ बोलको गीतमा मोडलिङ गरेर सबैको मनमा बस्न सफल सिंहले आधादर्जन भोजपुरी गीतका भिडीयो र एउटा भोजपुरी चलचित्र ‘बेवफा सजनिया’ मा समेत अभिनय गरेका छन् ।

पेसा अन्य भए पनि नेपाली कला क्षेत्र र समाजसेवामा निरन्तर लागी पर्ने सोचाइ भएका डा. सिंहलाई पिएनपिखबर परिवारको तर्फबाट लाखौँ-लाख शुभकामना !

Share.

Comments are closed.

error: Content is protected !!