डा उपेन्द्र देवकोटाको यस्तो दैनिकीः ‘आशाको दियो निभेको छैन’

0

काठमाडौं, २३ वैशाख : आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको दोस्रो तलाको ‘होप’ वार्डको एउटा कोठामा सोफा अगाडि खुट्टा फैलाएर बस्न सहज हुनेगरी साना टेबुल राखिएका छन्।

अगाडि उपचार सहायताका विभिन्न उपकरण तयारी अवस्थामा छन्। वरिष्ठ स्नायू विशेषज्ञ डा उपेन्द्र देवकोटासँगै सोफामा लहरै बसेका छन्, पत्नी डा मधु, छोरीहरु मेघा, बसुधा र मन्जरी।

बेलायतमा आफ्नो उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै विताउने अठोटसहित फर्किएका डा उपेन्द्र देवकोटालाई भेट्न अस्पतालमा दिनहुँ आफन्त र शुभेच्छुकको भीड लाग्ने गरेको छ।

उनी अस्पतालको सोही वार्डमा बसेर आफन्त र चिकित्सा सेवामार्फत आफूले जीवन दिलाएकाहरुसँग पीडा भूल्दै आत्मविश्वास बटुलिरहेका छन्।

शुभेच्छुकसँग नातासम्बन्धदेखि उनीहरुसँग जोडिएका घटना कोट्याउन भूल्दैनन् डा देवकोटा। शुभेच्छुकहरुको सदासयताले उनलाई आफ्नो जीवनमा कुनै चमत्कार (मिराकल) हुने आशाको दियो निभ्न दिएको छैन।

६ महिनासम्म उपचार गरी अघिल्लो शनिबार बेलायतबाट स्वदेश फर्किएपछि डा देवकोटाको दैनिकी यसरी नै बित्दै आएको छ।

यस्तो दैनिकीमा शनिबार उनका अगाडी एउटा विशेष पात्रको प्रवेश भयो। तीन पात्र हुन गोरखा पालुङटारकी १३ बर्षीया बालिका राधिका बस्नेत। राधिका देखेपछि डा केहीबेर टोलाए। उपचारका लागि बेलायत जानुअघि उनले गत मंसिर १ गते राधिकाको ब्रेन ट्यूमरको शल्यक्रिया गरेका थिए।

उनी त्यसपछि शल्यक्रिया छिरेका छैनन्। ‘अब म सायद विरामीको सेवामा फर्किन पाउने छैन’ डा देवकोटाले यसअघि नै भनिसकेका छन्। आजको नागरिक दैनिकमा खबर छ।

Share.

Comments are closed.

error: Content is protected !!