ट्र्याक्टरको ठक्करले सात वर्षीय छोरालाई गुमाउनुपर्यो यादबले

0

जितपुर, कपिलवस्तु ३० पुस: ट्र्याक्टरको ठक्करबाट आज साँझ यहाँ एक बालकको मृत्यु भएको छ ।

महाराजगन्जबाट बनगाई जाँदै गरेको भे १ त ६९७७ नं को ट्र्याक्टरले महाराजगन्ज नगरपालिका–११ बडेगाउँ स्थित डुमरा–महाराजगन्ज सडकखण्ड नजिकै स्थानीय जगदीश यादवको सात वर्षीय छोरा महेन्द्रलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक जगजीवन यादवले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

Share.

Comments are closed.

error: Content is protected !!