ट्राफिक जामको अन्त्या गर्दै कुलमान घिसिङ

0

काठमाडौं, ९ पुस : काठमाडौँमा दिनप्रतिदिन सवारी जाम बढी रहेको छ । घण्टौँसम्म सवारी जाममा पर्दै आएको यातायात व्यवस्था विभागको निष्कर्ष छ ।
काठमाडौंमा भएको उक्त सवारी जाम हटाउन कुलमान घिसिङ लागि परेका छन् । उनी यस अघि काठमाडौँमा भएको लोडसेडिङ अन्त्या गरेर चर्चामा आएका थिए।

एक सरकारी छलफल कार्यक्रममा उनले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने व्यस्त समयमा कुनै तरिका लगाएर सार्वजनिक सवारीबाहेक अन्यलाई कम गर्दै व्यवस्थापन गर्न सुझाव दिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनल पनि जाम हटाउन लगि परेका छन् । उनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका छन् । उनले छलफलहरुमा गृह मन्त्रालय र प्रहरीलाई फरक प्रकृतिका कार्यालयलाई छुट्टा–छुट्टै समयमा खोल्ने र बन्द गर्ने व्यवस्था मिलाउन आग्रह गरे। त्यस्तो व्यवस्था भएमा अहिले देखिएको ट्राफिक जामको समस्या धेरै हदसम्म समाधान हुने उनको दाबी छ । निजी क्षेत्रलाई बिहान आठ, संस्थानलाई नौ र सरकारी कार्यालयलाई १० बजे खोल्न सुझाव दिएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!