ट्रयाक्टर भिरमा खस्दा एकको मृत्यु

0

बाबियाचौर, म्याग्दी ६ जेठ:मंगला गाउँपालिका–१ कुहुँको चण्डीका भिरमा आइतबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बाबियाचौरदेखि बालुवा बोकेर कुहुँतर्फ जाँदै गरेको ना ६ त ३३२८ नं को ट्र्याक्टर सडकबाट भिरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी सहचालक मंगला गाउँपालिका–१ कुहुँका २२ वर्षीय सुशील भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!