ट्रयाक्टरले ढालाले च्यापिएर एकको घटनास्थलमै मृत्यु

0

चरिकोट, ३० पुस: दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा को२त ६१६८ नंको ट््याक्टरले च्यापेर एक युवकको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका–२ जुँगुका चेतबहादुर खड्काको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

जुगुमा बालुवा झार्ने क्रममा ट््याक्टरको ढालाले च्यापिएर खड्काको घटनास्थलमै मृत्यु भएको हो । (रासस)

Share.

Comments are closed.

error: Content is protected !!