ट्याक्टर लेबरबाट गायकको रुपमा भाईरल बनेका सपनको पहिलो म्युजिक भिडियो ‘सुरमै जादु छ’ [सुटिङ्ग रिपोर्ट]

0

इटहरी, ३० भदौ : ट्याक्टरको लेबरबाट आफ्नो स्वरको जादु छर्दै सांगीतिक दुनियाँ उदाउने सपना बोक्दै मिडियामा छाएका सपन श्रेष्ठको पहिलो गीत रेकर्ड तथा भिडियो छायांकन सम्पन्न भएको छ । सुमधुर स्वरका धनि सपन अब भने पुर्ण रुपमा गायक बनेर नेपाली सांगीतिक क्षेत्रमा उदाउने छन् । सपनको उक्त्त गीतलाई चर्चित गायक कमल खत्रीले शब्द रचना संगै संगीत भरेका छन् । गीतलाई काठमाडौमा अवस्थित सुत्र इन्टरटेण्डमेन्टको स्टुडियोमा रिकेश गुरुङको एरेञ्जमा केहिदिन अघि रेकर्ड गरिएको थियो । गीत रेकर्ड पश्चात् लगत्तै भिडियो छायांकन पनि गरिएको हो ।
हेर्नुस छायांकन गर्दाको रमाईलो सुटिङ्ग रिपोर्ट

सपनको साङितिक क्षेत्रमा लाग्ने सपना पूरा गर्न डिथ्री अनलाईनका सुवास संकल्पले भिडियो अन्तरबार्ता लिएर सुरुदेखि नै लागिपरेका छन् । उनकै अग्रसरतामा आर्थिक सहयोग संकलन र सपोर्टरहरु जुटाएर अडियो र भिडियो निर्माण गर्न सफल भएको हो । सपनको ‘सुरमै जादु छ’ गीत रेकर्ड गर्दै गर्दाको भिडियो यस्तो छ । परिकला मिडिया प्रा.लि. इटहरी र द मोन्टाज काठमाडौको सयुक्त्त प्रस्तुतिमा रहेको ‘सुरमै जादु छ’ गीतको भिडियो मंगलबार काठमाडौमा छायांकन सम्पन्न भएको हो । पछिल्लो समय चर्चामा आउदै गरेका मोडल शोहम गुरागाई र सिम्पल खरेलले सो भिडियोमा अभिनय गरेका छन् ।

सोहम र सिम्पल दुबैले सपनको सहयोग स्वरुप बिना पारिश्रमिक यो भिडियोमा अभिनय गरेका हुन् । शोहमले ‘रातो लिबिस्टिक’, ‘अँखामा आएर’, ‘महसुस’ जस्ता गितमा अभिनय गरेर निकै तारिफ बटुलेका छन् । यता सिम्पल खरेल आफैमा कोरियोग्राफर संगै गायिका पनि हुन् । उनले ‘म गित हु तिम्रो’, ‘कसिम’ लगायत गीतमा गायक कमल खत्री संगै स्वरमा स्वर मिलाएकी छिन् भने अभिनय पनि गरेका छन् । उनको अभिनय रहेको ‘जाउला रेलैमा’ पछिल्लो समय निकै चर्चित छ । पवन सुस्लिङ्गको कन्सेप्ट, निर्देशन र छायांकन रहेको भिडियोलाई उनैले सम्पादन पनि गरिरहेका छन् । ‘सपनको जिन्दगीको एउटा ऎतिहासिक क्षण हो यो, निक्कै मेहनत र सहकार्यमा यो काम हुन सकेको छ । भिडियो धेरै राम्रो बन्ने र सबैले मनपराउनु हुन्छ’ भन्नेमा सुवास ढुक्क छन् ।

भिडियोलाई सुवासले नै निर्माण ब्यवस्थापन र सहायक निर्देशन गरेका हुन् । सम्पूर्ण टिमको साथ र सहयोगमा भिडियो निकै उत्कृष्ट बन्नेमा गायक सपन पनि बिस्वस्थ छन् । कलाकारहरूको अभिनय देख्दा आफू निक्कै खुसी भएको र सो भिडियोलाई सबैले मन पराउनेमा आफू निर्धक्क रहेको सुनाए । उनले सबै सहयोगीहरुलाई धन्यवाद दिएका छन् । भिडियोको छायांकन पश्चात् हाल सम्पादनको कार्य काठमाडौमै द मोन्टाजमा भैरहेको छ । चाडै ईरहरीमा पत्रकार सम्मेलन गरेर डिथ्री टिभी युट्युब च्यानलबाट भिडियो सार्बजनिक गरिने संकल्पले बताए ।

Share.

Comments are closed.

error: Content is protected !!