ट्याक्टरमा च्यापिएर एक मजदुरको घटनास्थलमै मृत्यु

0

महोत्तरी, ५ जेठ  : महोत्तरीको सोनमामा सडक निर्माण कार्यमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

सोनमा गाउँपालिका– १ मा नवनिर्मित ग्रामीणस्तरको सडक निर्माणको क्रममा कार्यरत स्थानीय १८ वर्षीय कुशेश्वर मण्डलको आज बिहान ट्याक्टरमा च्याँपिदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

सडक निर्माणको क्रममा माटो भर्ने कार्यमा खटिएको ज १ त ९२२६ नं. ट्याक्टरले सडक निर्माणमा कार्यरत मजदुर मण्डललाई च्याप्दा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घटनापश्चात ट्याक्टरका चालक फरार रहेका छन् । रासस

Share.

Comments are closed.

error: Content is protected !!