“टिचर आइकन अफ द इयर २०१८” का प्रतिष्पर्धीहरुले देखाए प्रतिभा

0

काठमाडौँ, २९ फागुन : एएनपी मिडिया हाउसले ३ वर्षदेखि आयोजना गर्दै आएको राजधानीमका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाहरुबिचको सौन्दर्य प्रतियोगिता यस वर्ष पनि गर्ने भएको छ। विभिन्न वर्ग र उमेरको सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता गर्दै आएको हाउसले तेस्रो संस्करणस्वरुप आगामी चैत ५ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा टिचर आइकन अफ द इयर २०१८ आयोजना गर्न लागेको हो ।

१८ देखि ४५ वर्षका १४ शिक्षिकाहरुबिच हुने प्रतियोगिताको ट्यालेण्ट राउण्ड अन्तर्गत प्रतियोगीहरुले शनिबार तिनकुनेस्थित ग्रिन क्याफे एण्ड पार्टी प्यालेसमा आयोजित ट्यालेण्ट राउण्डमा आफ्नो प्रतिभा प्रस्तुत गरे। ट्यालेण्ट शोमा प्रतियोगीहरुले अभिनय, नृत्य, वक्तृत्वकला, चित्रकला, सांगितीककलालगायतका आफुमा अन्र्तनिहित प्रतिभा प्रस्तुत गरेका थिए। ट्यालेण्ट शोका लागि कलाकारहरु ज्योति काफ्ले (नक्कली बाबुराम), आदित्य बुढाथोकी, रिता केसी., नितु कोइराला, गत वर्षको टिचर आइकन अफ इयरकी विजेता शिल्पी गुप्ता, श्रीकृष्ण लुइटेल (बोके दाह्री) र सीमान्त सन्तोष निर्णायक रहेका थिए।

मिडिया हाउसका प्रवन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार शिक्षिकाहरुभित्र अन्र्तनिहीत प्रतिभा र क्षमताको प्रष्फुटनका लागि टिचर आइकन अफ द इयरको आयोजना गरिँदै आएको हो। उनका अनुसार ट्यालेण्ट शोबाट टिचर ट्यालेण्ट उपाधि चयन गरिनेछ। यसको घोषणा भने अन्तिम स्पर्धाका दिन चैत ५ गते गरिनेछ। प्रतियोगिामा विभिन्न विद्यालयका बिबाहित र अबिबाहित शिक्षिकाहरु काजोल खेतान, सुबीता कपाली, प्रेरणा अधिकारी, रेश्मी तण्डुकार, लक्ष्मीदेवी महर्जन, समीका सहानी, बिनीता कपाली, रुपा लामा, सुमीत्रा श्रेष्ठ, होलिना सापकोटा, सनिका श्रेष्ठ, सुशिला मानन्धर, सपना खतिवडा र श्रृजना श्रेष्ठले स्पर्धा गर्दैछन्। शम्भु प्रसाद रेग्मीको संयोजनमा हुने प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न हुनेछ।

 

Share.

Comments are closed.

error: Content is protected !!