टाउको दुख्ने समस्याबाट यसरी छुट्कारा पाउनुहोस्

0

माइग्रेन एक प्रकारको टाउँकोको दुख्ने रोग हो । जुन समय–समयमा दोहोरिरहन्छ । यस्तो पीडा प्राय: टाउँकोको एक भागमा हुन्छ। टाउँकोमा च्वास्स–च्वास्स घोचेजस्तो गरेर दुख्छ । माइग्रेन जसलाई पनि हुन सक्छ तर माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखा पर्छ ।

कसरी गर्ने रोकथाम ?

  • माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनायौं भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौं ।
  • माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ ।
  • एउटै समयमा सुत्ने बानी बसाउने ।
  • पुुरानो अचार, गुन्द्रुक, तामाजस्ता खानेकुरा नखाने, साथै पिरो कम खाने ।
  • चिन्तालाई मनबाट हटाउने ।
  • घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने ।
  • पीडा कम गर्ने औषधी कम प्रयोग गर्ने । यस्ता औषधी बढी सेवन गर्दा टाउको दुखाइ केही कम हुन्छ तर फेरि बल्झिन्छ ।

पीडा बढ्ने कारण

  •  कपाल रंगाउँदा।
  • कपालमा पुरानो मेथी र तेल लगाउँदा ।
  • राति समयमा नसुत्दा ।
  • कसै–कसैलाई च्याउ खाँदा पनि माइग्रेन बल्झिएको पाइन्छ ।
  • मनमा धेरै कुरा खेलाउँदा ।
Share.

Comments are closed.

error: Content is protected !!