‘टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याइन्छ’:मन्त्री अधिकारी

0

लमही, ३१ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले दशैँ अगाडि नै सानो जहाज उडान हुने बताउनुभयो ।

सिधँै काठमाडौँदेखि दाङसम्म उडान गरिने र त्यो सम्भव नभए पनि काठमाडौँबाट भैरहवा हुँदै दाङ हवाई सेवा सुचारु गर्न पहल थाल्नेसमेत उहाँले बताउनुभयो । मन्त्री अधिकारीले पटकपटक जहाज सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष भएको भन्दै इन्धन डिपो, धावनमार्ग स्तरोन्नति गर्नसमेत पहल थाल्ने बताउनुभयो ।:

साथै मन्त्रीसहित मन्त्रालयबाट आएको प्राविधिक टोलीले एयरपोर्टको अवलोकन गरेको थियो । अहिले कालोपत्रे गरिएको धावनमार्ग ७५० मिटर मात्रै रहेको छ । विसं २०११ देखि सुचारु भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । इन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनुजस्ता कारणले जहाज नियमित हुन सकेको थिएन । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन पहल थाल्न अनुरोधसमेत गनुभयो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!