झापाको दमकमा प्रहरी प्रशासन प्रयोग गरि नगरपालिकाले देखायो दादागिरी [हेर्नुहोस भिडियो सहित]

0

पिएनपिखबर, भक्तपुर : झापाको दमकमा लामो समयदेखि विवादमा रहेको जग्गामा संचालित पसलहरुलाई आज दमक नगरपालिकाले बलपूर्वक भत्काएको छ ।

दमक वडा नं. ७ बजार क्षेत्रमा रहेको १ दर्जन बढी पसलहरु दर्जनौं प्रहरीको उपस्थितिमा बलपूर्वक भत्काईएको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरी लगाएर जर्वजस्ती पसल भत्काउँदा केही परिवारको बसोवास गर्ने घर समेत भत्किएकोले उनीहरु मारमा परेका छन् ।

सबै स्थानीयवासी विरोधमा उत्रदा प्रहरी प्रशासनले बल प्रयोग गरेको थियो। स्थानीयवासीको अनुसार प्रहरीले बल प्रयोग गर्दै अशक्त, महिलाहरुमाथि लाठी चार्ज गरेको थियो। एक आक्रोशित बासिन्दाले २०५१ सालदेखी रसिद तिरेको प्रमाण आफुसँग रहदा रहदै पनि प्रहरी प्रशासनले ज्यादती गरेको घटनाप्रति दुख व्यक्त गरिन। प्रहरी प्रशासनले जबरजस्ती गरेको भन्दै स्थानीय बासिन्दा प्रतिकारमा उत्रने भएका छन।

सरकारी जग्गा अतिक्रमण गर्नेलाई सरकारले कडा कारवाहीको दायरामा ल्याउन निर्देशन दिएअनुरुप घरटहरा हटाएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनुभयो। टहरा भात्काउदा कुनै घरपरिवारको बिचल्ली नभएको बताउदै उहाँले नगरपालिकाको टहरमा बस्नेले पछि हट्छौ भनि नगरपालिकाले त्यस क्षेत्रमा भवन बनाउँदा व्यापारीलाई व्यापारको लागि स्थान उपलब्ध गराउने सम्झौता समेत भएको जानकारी दिनुभयो। जग्गा नभएकोलाई अन्यन्त्र स्थान्तान्तरण गरिने समेत जानकारी दिनुभयो। असली विपन्नलाई घरभाडा दिएर समेत राखिने उहाँले बताउनुभयो।

हेर्नुहोस भिडियो : 

Share.

Comments are closed.

error: Content is protected !!