जो आफैंमा ‘हिमाली सूचना केन्द्र’ थिइन् एलिजावेथ

0

काठमाडौँ, माघ १३ :एकल प्रयत्न र अभिरुचिमा जोडिएर नेपालको सबैभन्दा आधिकारिक ‘हिमाली सूचना केन्द्र’ संस्थाका रूपमा स्थापित अमेरिकी अध्येता एलिजावेथ हलीको ९५ वर्षको उमेरमा शुक्रबार बिहान काठमाडौंको सिविक अस्पतालमा निधन भएको छ ।

सन् ६० को दशकमा ‘टाइम’ पत्रिकाका लागि समाचार संकलन गर्न आएकी अमेरिकी पत्रकार एलिजावेथले त्यसयताको आफ्नो सम्पूर्ण जीवन हिमाल र हिमाली सोधखोज, अध्ययन, अनुसन्धानमा लगाएकी थिइन् । फोक्सोमा संक्रमण देखिएपछि हलीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।
-कान्तिपुर दैनिक

Share.

Comments are closed.

error: Content is protected !!