जोन सिनाले गरे बलिउड अभिनेता शाहरुख खानको प्रशंसा

0

पुस १०, रेसलिङ क्षेत्रका सुपरस्टार जोन सिनाले बलिउड अभिनेता शाहरुख खानको प्रशंसा गरेका छन् । शाहरुख खानले टेड टक मा दिएको जीवन र मानवता बारेको अन्र्तवार्ता युटूबमा हेरेपछि जोन सिना शाहरुखबाट प्रभावित भएको बताएका छन् ।

उनले ट्वीटरमा शाहरुख खानलाई मेन्सन गर्दै भनेका छन्– “द चिभेको यो सानो लेख पढेर खुशी लाग्यो जुन टेड टकद्धारा लिइएको छ ।” त्यसपछि शाहरुखले पनि रिप्लाई दिँदै भनेका छन्– “यो हेर्नु भएकोमा तपाईलाई धन्यवाद छ । म चाहान्छु कुनै दिन हाम्रो भेट हुनेछ । माया र स्वास्थ्यको कामना ।”

शाहरुखको रिप्लाई पछि जोन सिनाले फेरि रिप्लाई दिँदै भनेका छन्– “धेरै राम्रो सर । तपाईको जीवन जिउने दृष्टिकोण म पनि अंगिकार गर्छु र आशा छ प्राप्त गर्नेछु ।” शाहरुख खानले विश्व चर्चित रियालिटी शो टेड टक मा गएर आफ्नो जीवन संघर्षको बारेमा मन्तब्य दिएका थिए ।

जहाँ अहिलेसम्म कुनै पनि बलिउड सेलिब्रेटी पुगेका थिएनन् । टेड टक हलिउडको चर्चित शो हो । हालै शाहरुख खानले पनि भारतमा टेड टक इन्डिया नयाँ सोच नाम दिएर यहि शो को फ्रयान्चाईज गरिरहेका छन् । जुन स्टार प्लस च्यालनबाट प्रशारण हुन्छ ।

Share.

Comments are closed.

error: Content is protected !!