जेठ ४ गतेबाट नेपाली चलचित्र घरहरुमा कुनै पनि सिनेमा नचल्ने

0

बैशाख २३, अगामी जेठ ४ गतेबाट नेपाली चलचित्र घरहरुमा नेपाली र विदेशी कुनैपनि चलचित्रहरु प्रदर्शन नहुने भएका छन् । आफुहरुलाई अन्याय भएको र हलवालाहरुले निर्मातालाई उचित रकम नदिएको भन्दै नेपाल चलचित्र निर्माता संघले चलचित्र हलहरुमा कुनैपनि चलचित्र प्रदर्शन नहुने भएको हो ।

चलचित्र निर्माता संघले पन्ध्र वर्ष पहिलेको सम्झौता लागु गर्न माग गरेका छन् । संघले १५ बर्ष अघि निर्माता संघ र चलचित्र संघबिच भएको सम्झौता उल्टाउन माग गरेका हुन् ।

केहि साता अघि संघले २०६० सालमा दुई बिच भएको वितरकले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मका दरले सेयर रकम लिने दिने सहमति भएको निर्णय पुनः कार्यन्वयन गर्न आग्रह गरेका छन् । शुक्रबार चलचित्र संघका पदाधीकारीहरुले आफ्नो फेसबुकमा आन्दोलका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छन् । यस्तो छ उनीहरुको आन्दोलनको कार्यक्रमः

निर्माताहरूको आन्दोलनको कार्यक्रमः
१) जेठ १ गते सम्पूर्ण चलचित्रकर्मीहरू बिभिन्न हलहरूमा कालोपट्टि बा‘धेर उपस्थित हुने
२) जेठ २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्न दबाब दिदै धर्ना दिइने
३) जेठ ४ गते देखि सम्पूर्ण सिनेमा हलहरूमा कुनै पनि चलचित्र प्रदर्शनमा रोक लगाउने
अन्य कार्यक्रम क्रमश घोषणा गरिनेछ ..
संघर्ष समिति संयोजक–रोज-राणा
नेपाल चलचित्र निर्माता संघ

Share.

Comments are closed.

error: Content is protected !!