जिल्ला अदालत मोरङमा गोरेको बयान सुरु

0

काठमाडौं, जेठ ९: सनम शाक्य हत्या र सुन तस्करी प्रकरणका नाइके गोरे भनिने चुडामणि उप्रेतीको बयान सुरु भए छ । उनको बयान मोरङ जिल्ला अदालतमा सुरु भएको हो । हिंजो काठमाडौंवाट पक्राउ परेका गोरेको बुधवारवाट अदालतमा बयान सुरु भएको हो । जिल्ला अदालत मोरङका न्यायधीश नारायणप्रसाद शर्माको इजलासमा आजदेखि गोरेको बयान सुरु भएको हो ।

मंगलवार पक्राउ परेका गोरैलाई काठमाडौंमा सार्वजनिक गरिएको थियो । मंगलबार नै मोरङ अदालत पुर्याइएको थियो ।

अदालतमा वयान सकेपछि गोरेको पक्ष र बिपक्षमा थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार केदार गौतमले जानकारी दिएका छन् । ।

१८ फागुनमा मोरङ उर्लाबारी नगरपालिका ७ का सनम शाक्यको तस्करी भएर आएको साढ ३३ केजी सुन हराएपछि पत्ता लगाउने क्रममा गोरे र उनको समुहले दिएको यातनाका सनमको मृत्यु भएको थियो । सनमको मृत्युपछि गोरे फरार थिए ।

Share.

Comments are closed.

error: Content is protected !!