जापानमा पनि देखियो अनमोलको क्रेज

0

काठमाडौँ । चलचित्र ‘कृ’को जापानमा विशेष शो भव्यताका साथ सम्पन्न भएको छ । एक हजार बढी दर्शकको उपस्थित रहेको विशेष शो टोकियोमा रहेको नकानो जिरो हलमा आयोजना गरिएको थियो ।

उक्त सोमा सहभागीता जताउदै नेपालबाट नायक अनमोल केसीको साथै निर्माताद भुवन केसी र सुवास गिरी जापान पुगेका थिए । अमेरिका, अस्ट्रेलिया, जापान, साउदी, हङकङ लगायतका देशहरूमा कृ को सो सम्पन्न भैसकेका ‘कृ’लाई ईश्वर श्रेष्ठ र सुवास लामिछानेले जापान पुर्या एका हुन् ।

चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल अलावा साथमा नव–नायिका अदिति बुढाथोकी र अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको यस चलचित्रले सोचेजस्तो कमाइ भने गर्न सकेन ।

Share.

Comments are closed.

error: Content is protected !!