जाडो मौसम सुरु भए सँगै तराई क्षेत्रमा भक्काकाे व्यापार फस्टाउँदै [फोटो सहित]

0

रबिन्द्र बराल,
रंगेली ,माेरङ, ९ पुस : माेरङकाे तराई क्षेत्रमा जाडो याम सुरु भए सँगै भक्काकाे व्यपारमा वृद्धि भएकाे छ ।
मंसिर, पुस र माघ महिनामात्र भक्काको व्यापार हुने महिलाहरु बताउछन् । बिहानकाे समयमा रंगेली बसपार्क, मुख्य बजार, अस्पताल चाेक लगायतका स्थानहरुमा भक्काको व्यापार गर्न बसेका महिलाहरुले तीन महिनाको व्यापारबाट अाफ्नाे जिविकाेपार्जन गर्ने गरेका छन ।

मधेसी समुदायका महिलाहरुले चामललाई दिन भरी भिजाएर साँझकाे समयमा अाेखलीमा कुटेर पिठो बनाएर भक्का बनाउने गरिन्छ ।त्यसैगरी उक्त पिठाेलाई पानीको बाफमा तयारी पारेर बिक्रीवितरण गर्ने गर्छन् । महिला ब्यपारीहरु अहिले बिहानै ५ बजे देखि १० बजे सम्म ५ देखि ८ केजि सम्मकाे पिठोकाे भक्का बिक्री गर्छन ।

रंगेलीका ६० बर्षिया चाँदनी मन्डलले दैनिकी ४ सय देखि ५ सय रुपैयाँ सम्म कमाउने गरेकाे उनी बताउँछिन् । बिहानको समयमा भक्कालाई नास्ताकाे रुपमा सर्वसाधारणहरुले अत्याधिक रुपमा मन पराउने गरेको उनी बताउँछिन् ।

 

Share.

Comments are closed.

error: Content is protected !!