जाँच परीक्षण भवन निर्माण

0

रसुवा, १२ माघ (रासस) : रसुवागढी नाकाको व्यवस्थापनअन्तर्गत पहिलो चरणमा जाँच परीक्षण भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको दुई कोठे उक्त भवनको आज भन्सार दिवसको अवसरमा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले आज उद्घाटन गर्नुभयो ।

प्रिफेब मोडलका उक्त भवनमा नेपाल प्रहरी र भन्सार कार्यालयलाई एक÷एक कोठा उपलब्ध गराइएको उहाँले बताउनुभयो । रसुवागढी नाकालाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो पहलबाट सुरक्षा जाँच भवन निर्माण भएको तथा चिनियाँ सामग्री लिन केरुङ जाने सबै कन्टेनर टिमुरे पुगेकै दिन मितेरीपुल पार गराउने वातावरण समेत सिर्जना गरी स्याफ्रु टिमुरे क्षेत्रको पार्किङ समस्या समाधान गराइसकेको प्रजिअ न्यौपानेले बताउनुभयो ।

Share.

Comments are closed.

error: Content is protected !!