Monday, May 28

जय देवकोटाको “जुनकिरी” मा एलिना र यज्ञश्वरको माया प्रेम यसरी छुट्टियो [हेर्नुहोस् भिडियो सहित]

0

काठमाडौँ, २३ वैशाख : नेपाली लोक तथा दोहोरी क्षेत्रमा एक दशक देखि निरन्तर लागि परेका जय देबकोटा फेरी पनि नयाँ गीत लिएर दर्शक/श्रोता माझ आएका छन । देवकोटाको आफ्नै स्टुडियो तरङ डिजिल प्रालीको प्रस्तुतिमा “जुनकीरी” बोलको गीत हालै मात्र बजारमा सार्वजनिक गरेका हुन् ।

गौरी भट्ट र जय देबकोटाको सुमधुर आवाजमा सजिएको गीतमा बहुप्रतिभाका धनी देवकोटा स्वयमको शब्द तथा संगीत गीत रहेको छ।

सार्वजनिक भिडियोको छायाँकन विरेन्द्र भट्ट, निर्देशन जेडि र सम्पादन श्याम कुँवरले गरेका छन । उक्त गीतको भिडियोमा अहिलेको निकै नै चर्चित मोडेल अलिना रायमाझी र यज्ञश्वर शर्माको सर्वोकृष्ट अभिनय हेर्न पाइन्छ। एलिना रायमाझीले थुप्रै गीतको भिडियोमा आफ्नो अभिनय कौशल देखैसकेकी छिन भने अहिले विभिन्न स्थानमा हुने स्टेज प्रोग्रामहरुमा निकै नै व्यस्त देखिन्छिन।

हेर्नुहोस् “जुनकिरी” गीतको भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!