जनरल नलेजमा कमजोर टाईगर, भन्न सकेनन् आफ्नै देशको राष्ट्रपतिको नाम

0

बलिउडमा जति नै कलाकारहरु शिक्षित भएपनि सामान्यज्ञानमा उनीहरु निकै कमजोर देखिँदै आएका छन् । कतिसम्म भने केही कलाकारहरु यस्ता पनि छन् की उनीहरुले आफनो देशको राष्ट्रपति र प्रधानमन्त्रीको नामसमेत भन्न सक्दैनन् । केही समय अगाडी नायिका आलिया भट्टले पनि राष्ट्रपतिको नाम गलत भन्दा उनी लामो समय आलोचित हुनु परेको थियो ।

यस्तै हालतबाट बलिउडका अर्का कलाकार टाईगर श्रृफले पनि भोग्न पुगेका छन् । बागी २ को प्रमोसनको दौरान टाईगरले एक अन्तरवार्ताको क्रममा राष्ट्रपतिको नाम सोध्दा मिस्टर मुखर्जी अथार्त प्रणव मुखर्जीको नाम बताएका थिए । एक्सन, डान्स र एक्टिङमा माहिर मानिएका टाईगरलाई हाल भारतको राष्ट्रपति को हुन् भन्ने बारेमा थाहा नभएको प्रस्ट छ ।

उनले हालका राष्ट्रपति रामनाथ कोविंद को नाम भन्न सकेनन । यो अन्तरवार्ता भाईरल भएसंगै उनको तुलना पनि आलिया भट्टसंग हुन थालेको छ । उनको यस भिडियोले उनको छबीमा समेत नकरात्मक असर पर्न गएको छ । कतिसम्म भने उनी यतिबेला ट्रोलसमेत हुन पुगेका छन् । टाईगरको यतिबेला ‘बागी २’ रिलिज भईरहेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!