जनताको दु:खमा नेपाली सेनाको साथ [फोटो फिचर]

0

रबिन्द्र बराल,
रंगेली, माेरङ, २९ पुस : माेरङकाे कानेपाेखरी गाउँपालिका १ स्थित हाेक्लाबारीस्थित चिस्याङ खाेलामा केही दिन अगाडि नेपाली सेनाहरुले बाँसकाे पुल निर्माण गरेको छ । श्री सुर्यदल गणका नेपाली सेना र जनताकाे सहयोगमा उक्त पुल निर्माण भएको हो।

माेरङ जिल्लाकाे सुर्यदल गणका गणपति प्रमुख सेनानी श्री ईन्दिवर विष्टका अनुसार नेपाली सेनाकाे एक टाेलीले चिस्याङ खाेलामा सर्वसाधारणहरु जाडो याममा समेत चिसाेपानीबाट अाबतजावत गर्नुपर्ने भएको हुनाले साे क्षेत्रमा नेपाली सेनाले बाँसकाे पुल निर्माण गरेको हो । सेनाले बिसनपुरबाट दलेली जाेडने खाेलाका साथै झरना घुटु देखि मैनाबारी जाेडने खाेलामा समेत बाँसको पुल बनाएका छन ।

उक्त स्थान मा पुल नहुदाँ त्यस भेगका बालबालिकाहरुलाई विद्यालय अावत जावतमा गर्ने अत्याधिक समस्या परेको थियो । साे पुल निर्माण भए पछि अहिले अाफुहरुलाई निकै सहज भएको स्थानीय हरेराम सरदारले बताए ।

त्यसैगरी साेहि स्थानमा बसाेवास गर्ने सुफुल हस्ताकाे घर समेत नेपाली सेनाले बाँसकाे बनाई दिएका छन । केही महिना अगाडि अागलागी भएर सुफुल हस्ताको घर पुर्णरुपमा क्षेति भएको थियो भने त्यसपछि उनीहरु त्रीपाल मुनि रात कटाउँदै आएका थिए। नेपाली सेनाले त्यस भेगमा रहेकाे मन्दिर, र सार्वजनिक ठाउँको समेत सरसफाइ गरेकाे नेपाली सेनाका सह सेनानी राजु थापाले जानकारी दिए ।

Share.

Comments are closed.

error: Content is protected !!