छोरीलाई हेला गरेको भन्दै माईती पक्षले लगे दाईजो फिर्ता

0

रौतह, २८ पुस : रौतहटमा विवाहित एक युवतीलाई श्रीमानको घरमा हेला गरेको भन्दै माईती पक्षले दाईजो फिर्ता लगेको छ। सिराहा जिल्ला गोलबजार नगरपालिका वडा नं ७ निवासी विष्णुकुमार बराल विककी छोरी राधिका बराल विकलाई विवाह पश्चात श्रीमानले वेवास्ता नगरेको भन्दै युवतीको माईती पक्षले ज्वाँईको घरबाट दाईजो फिर्ता लगेका हुन् ।

राधिका बराल विक र रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं ५ का नारायणबहादुर कामीका छोरा शाहील विकबीच बैशाख १७ गते मागी विवाह भएको थियो ।

विवाहमा दिइएको मोटरसाईकल, दराज, पलङ्ग, सुनका गरगहना, उपहारमा आएका गाग्री, भाँडा कुँडालगायत सबै सामान फिर्ता लानुका साथै सम्बन्ध विच्छेद गर्ने माईतीपक्षले जनाएका छन् ।

Share.

Comments are closed.

error: Content is protected !!