छोरालाई २० बर्षदेखि पिँजडामा बन्धक !

0

काठमाडौं, चैत २६ : आफ्नो छोरालाई बर्षौदेखि पिँजडामा थुनेर राखेका एक जापानी पुरुष पक्राउ परेका छन् । छोरालाई फलामको सिक्रीले बाँधेर २० बर्षदेखि पिँजडामा थुनेका ७३ बर्षीय वुद्ध योसिताने यामासाकीलाई प्रहरीले पक्राउ गरेको हो । छोरा आक्रामक देखिएपछि तह लगाउन बाँधेर राखेको ती बाबुले बताएका छन् ।

यातामासाकीले छोरालाई घरबाट केही टाढा एक मिटर अग्लो मुस्किलले दुई मिटर फराकिलो पिँजडाभित्र थुनेर राखेका थिए । बर्षौसम्म सानो पिँजडामा बस्दा छोरा कुप्री परेको जापानी अधिकारीहरुले बताएका छन् । उनको पश्चिम जापानको सामाजिक कल्याणकारी केन्द्रमा उपचार भईरहेको छ । सरकारी सेवानिवृत्त यामासाकीले मानसिक विरामी छोरालाई १६ बर्षको उमेरदेदेखि नै पिँजडामा राखेका थिए ।
– नयाँ पत्रिकामा

Share.

Comments are closed.

error: Content is protected !!