छोरालाई अशोक दर्जी जस्तै बनाईदिने आश्वासनमा काठमाडौँ आएका आमा-बाबुको यस्तो गुनासो [हेर्नुहोस् भिडियो]

0

पिएनपिखबर, भक्तपुर। नेपालमा यस्ता प्रतिभा छन् जुन कुना कुनामा लुकेका छन्। यस्ता प्रतिभालाई बाहिर ल्याउन खासै पहल भएको देख्न चाहिँ पाइदैन। तर पनि आजकालको बढ्दो सामाजिक संजालको प्रयोगले जो कोहिको प्रतिभा पनि छिट्टै भाइरल हुने गरेको छ। यस्तै अद्भूत क्षमताका भएका बाल गायक बसन्त तामाङ अहिले चर्चा आएका छन्।

आमा पुर्णी माया पाख्रीन र बुवा धन जित तामाङ दोङका १७औ सन्तान बसन्त तामाङ उमेरले भर्खर ६ वर्ष लागे। उनको उमेर एकदम कम भएकाले नै होला उनी नेपाल कै कान्छो गायकको रुपमा चिरपरिचित छन्। बार्हबिसे, सिन्धुपाल्चोक घर भएका उनी हाल आफ्नो आमाबुबासँग बोडेमा बस्दै आएका छन्। कसैको सहयोग पाए आफ्नो छोरालाई काठमाडौँ पढाउने र संगीत सिकाउने उनको बुबाको रहर छ।

उनी सानै देखि गीत गाउँ एकदम रुचाउँथे। हुन त उनी अझै सानै छन् तर अचेल तोते बोलि फुटेर केहि प्रस्ट बोल्ने भएका छन्। आफ्नो लर्बरिएको बोलीमा नै उनले पहिलो गीत रेकर्ड गराइसकेका छन्।

‘म त सानो केटा’ बोलको बाल गीत भिडियो सहित सार्वजनिक भइसकेको छ। जनालय न्यूज टेलिभिजन नामक एक युट्युब च्यानल मार्फत उनको गीत सार्वजनिक भएको हो। हलेसी डिजिटलमा रेकर्ड भएको सो गितमा आर बि लामाको शब्द, बि बि गुरुङको निर्देशन रहेको छ। उक्त गीत ग्रामिण भेगका बालबालिकाको सत्य जिबन कथामा आधारित छ ।

घरको आर्थिक अवस्था कम्जोर भएकै कारण सामान्य जीवन जिउन पनि बसन्तको परिवारलाई गार्हो छ। पाखोबारीमा खेति किसानी गरेर दुई छाक टार्छन्। त्यँही पनि कुनै समय त बादर, बदेलले सबै अन्न नरहने गरी बिनाश गरिदिन्छ भन्दै बसन्तकी आमाले दुखेसो पोखिन्। एक छोरी विदेशमा भएकोले आपतकालीन अवस्थामा मार्का नपर्ने उनको भनाई रहेको छ।

१७औ सन्तान मध्य भन्दा कान्छा छोराको सपना पुरा पारिदिन पाए आमा बाबु हुनुको जिम्मेवारी बहन गरे झैँ हुन्थ्यो भन्ने बसन्तका बाआमाको सोच छ। आफ्नो छोराको भविष्य उज्वल होस् भन्ने कुन आमाबाको रहर सपना हुन्न र। यस्तै सपना बोकेर अहिले बसन्तका आमाबुबा काठमाडौँ जस्तो अन्जान शहरमा छोराको भविष्य खोजेरहेका छन्।

हेर्नुहोस् भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!