चौतर्फी दबाबपछि सिमेन्टको मूल्य घट्यो, सय रुपैयाँ बढाए, २० रुपैयाँ घटाए

0

काठमाडौं, १५ माघ । उद्योगीले सिमेन्टको मूल्य घटाएका छन् । अस्वभाविक मूल्यवृद्धिप्रति सरकारले अनुगमनमा कडाई गरेपछि र चौतर्फी दबाब आएपछि उद्योगीले सिमेन्टको मूल्य घटाएका हुन् ।

पुनर्निर्माणको मूख्य सिजनमै उद्योगीले घर निर्माणका लागि अत्यावश्यक सिमेन्टको भाउ अस्वभाविक रुपमा बढाएका थिए । उद्योगीले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेका थिए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त सिमेन्टको प्रतिबोरा मूल्य आठ सय ८७ मा झरेको छ ।

उक्त सिमेन्टले १५ प्रतिशतसम्म मूल्य बढाएको थियो । त्यस्तै, अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । उक्त सिमेन्टले प्रतिबोरा एक सय १० रुपैयाँ मूल्य बढाएको थियो । अब यो सिमेन्टको प्रतिबोरा मूल्य सात सय ४० रुपैयाँमा झरेको छ । यसैगरी सर्वोत्तम र नारायणी सिमेन्टको मूल्य प्रतिबोरा १०/१० रुपैयाँले घटेको छ । अब नारायणी सिमेन्टको मूल्य आठ सय ८० र सर्वोत्तमको आठ सय ३५ रुपैयाँ पर्नेछ । हेटौंडा सिमेन्टलाई पनि मूल्य घटाउन पत्राचार गरिएको विभागले जनाएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!