चीनमा ‘हिन्दी मिडियम’को कमाई ‘दंगल’, ‘बजरंगी भाईजान’ भन्दा बढी

0

काठमाडौं, २६ चैत । बलिउड सुपरस्टार सलमान खान र आमिर खानका फिल्म भारतमा सबैभन्दा बढी कमाउने फिल्ममा पर्छन । तर विदेशमा भने यस्तो अवस्था छैन ।

तपाईलाई आश्यर्च लाग्न सक्छ चीनमा अहिले अभिनेता इरफान खानको फिल्म ‘हिन्दी मिडियम’ले ‘दंगल’ र बजरंगी भाईजान’ भन्दा बढी कमाइरहेको छ ।

चार अप्रिलमा चीनमा रिलिज भएको फिल्मले पहिलो दिन नै ३६.८ लाख डलर कमाएको थियो । यो फिल्मले हालसम्म कूल २.२ करोड डलर कमाएको छ । ‘दंगल’ले पहिलो दिन २३ लाख डलर कमाएको थियो । ‘बजरंगी भाईजान’ले पहिलो दिन २२.४ लाख डलर कमाएको थियो ।
भारतीय बक्स अफिसमा ‘हिन्दी मिडियम’ले ६९.५९ करोड कमाएको थियो । एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!