चीनमा ‘बाहुबली २’को आक्रमक ब्यापार, सलमान र आमिर परे पछि

0

बैशाख २३, मे ४ बाट स्टार प्रभास अभिनित चलचित्र ‘बाहुबली २’ चीनमा प्रदर्शन भैरहेको छ। चलचित्र एकसाथ ७००० पर्दामा रिलिज भएको हो र यो एउटा रेकर्ड पनि हो। चलचित्रले पहिलो दिनमा १९ करोड कमाउदै आमिरको ‘दंगल’ (१४ करोड) र सलमानको ‘बजरंगी भाईजान’ (१२ करोड) को रेकर्ड तोडेको छ तर इरफान खानको ‘हिन्दि मीडियम’ को रेकर्ड तोड्न सके उक्त चलचित्रले चीनमा प्रदर्शन भएको पहिलो दिनमा २४ करोड कमाएको थियो।

त्यस्तै ‘बाहुबली २ ‘ ले दोस्रो दिनमा पनि १८ करोडको ब्यापार गरेको छ। चलचित्रले दुई दिनमा ३७ करोडको व्यापार गरेको छ।

चलचित्र एसएस राजमौलीको निर्देशनमा तयार भएको हो। प्रभासको दोहोरो भूमिका रहेको चलचित्रमा अनुस्का शेट्टी, तमन्ना भाटीया, राना दग्गुपति, सत्यराज आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ। – एजेन्सी

Share.

Comments are closed.

error: Content is protected !!