चिनियाँ सेनाद्वारा अमेरिकी विमानमा लेजर हमला

0

बैशाख २३, वासिङटन-बेइजिङ: अफ्रिकाको जिबुटीस्थित चीनको सैन्य आधारमा रहेका सेनाले एक अमेरिकी विमानमा लेजर हमला गरेका छन् । यो हमलाका कारण दुई अमेरिकी वायुसैनिक घाइते भएका छन् । यद्यपि चीनले भने यो आरोपको खण्डन गरेको छ ।

लेजर हमलाका कारण सी–१३० विमानमा सवार दुई वायु सैनिक घाइते भएको पेन्टागनकी प्रवक्ता डाना डब्लू वाइटले बताएकि छन् । यो हमलाका पछाडि चिनियाँ सैनिकको हात भएको उनले बताइन् । यस किसिमको घटना दुई पटक भन्दा बढी र १० पटक भन्दा कम भएको उनले बताइन् । पछिल्लो समयमा यस किसिमको घटनाम वृद्धि भएको उनको भनाई छ ।

उनले चीन समक्ष यसको आधिकारिक बिरोध दर्ता गरेकि छन् । यस किसिमको लेजरले पाइलटलाई केही समयका लागि अन्धो बनाउन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् । यो लेजर सैन्य स्तरको भएको यसबाट दुई अमेरिकी सैनिक घाइते भएको पनि उनले बताइन् ।
यसैबीच चीनको रक्षा र विदेश मन्त्राल्यले अलग अलग विज्ञप्ति जारी गर्दै यो आरोप आधारहीन भएको बताएका छन् ।

२०१७ मा चीनले जीबुटीमा सैन्य आधार बनाएको थियो । यसको स्थापनापछि पहिलो पटक अमेरिकासँग चीनको टकराव भएको हो । याहाँ अमेरिकाको पनि ४ हजार भन्दा बढी सैनिक तैनाथ छन् ।

चीनले दक्षिण सागरको तीन चौकिमा एन्टिशिप क्रुज क्षेप्यास्त्र तथा जमिनबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्र प्रणाली तैनाथ गरेपछि अमेरिका क्रुद्ध भएको छ । क्षेत्रमा भएको नयाँ सैन्यीकरणमाथि अमेरिकाले चिन्ता व्यक्त गरेको छ । उसले चीनलाई यसको दुरगामी परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

Share.

Comments are closed.

error: Content is protected !!