चार विधेयक पारित

0

काठमाडौँ, ३० भदौ: प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ । पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ रहेका छन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन विधेयक, २०७५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव छुट्टाछुट्टै रुपमा प्रस्तुत गर्नुभएको थियो । यसअघि उक्त विधेयकमाथि सांसदहरुले राख्नुभएको जिज्ञासाको सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै विधेयक पारित गरेर सहयोग पु¥याउन आग्रह गर्नुभएको थियो ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!