चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

0

काठमाडौँ, १४ माघ (रासस) : नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । स्टकमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत गरिएको हो ।

स्टकका अनुसार ग्लोबल आइएमई बैंकको ८० लाख ८० हजार ३४१ दशमलव ६६ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ७४ लाख ७२ हजार ४१२ कित्ता, कावेली विकास बैंकको एक लाख ४० हजार ३५२ कित्ता र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ ।

नेप्सेमा सामान्य सुधार

धितोपत्र बजारमा आज शेयर कारोबारमा सामान्य बढोत्तरी भएको छ । स्टकका अनुसार नेप्से परिसूचक १ दशमलव ४२ बिन्दुले बढेर एक हजार ४०५ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ६ अंकले बढेर २९७ दशमलव ०१ बिन्दुमा पुगेको छ ।

आज कूल १५८ कम्पनीको आठ लाख ५१ हजार ३२५ कित्ता शेयर रु ३५ करोड ४७ लाख २१ हजार ७४८ मूल्यमा कारोबार भएको छ । आज बैंकिङ समूह र विकास बैंक समूहले नेप्से परिसूचकलाई सामान्य अंकले वृद्धि गर्न बल पु¥याएको हो । बैकिङ ५ दशमलव ९२ र विकास बैंक ४ दशमलव ७६ अंकले बढ्दा व्यापार १० दशमलव ३९, होटल २८ दशमलव ०२, जलविद्युत् १६ दशमलव ९२, फाइनान्स २ दशमलव ७५, बीमा १२ दशमलव ४९, उत्पादन ९ दशमलव ३९, अन्य ३ दशमलव ०३ र माइक्रोफाइनान्स ५ दशमलव ४५ बिन्दुले घटेको छ ।

Share.

Comments are closed.

error: Content is protected !!