चलचित्र ‘हरी’ को प्रमोशन सुरु

0

काठमाडौँ, ३ जेठ : चलचित्र ‘हरी’ ले आज बिहिबार बाट आफ्नो प्रमोशन सुरु गरेको छ । राजधानीमा पत्रकारहरु सँग भेटघाट तथा कुराकानी गर्दै चलचित्रले प्रमोसन सुरु गरेको हो । पत्रकार भेटघाट कार्यक्रममा फिल्म युनिटका साथै अभिनेता बिपिन कार्की, कमलमणि नेपाल, लक्ष्मी बर्देवा लगायत कलाकारको उपस्थिति रहेको छ ।

कार्यक्रममा अभिनेता बिपिन कार्कीले आफ्नो लागि हरी फिल्म बिशेष भएको बताएका छन् । कार्यक्रममा बिपिनले ‘हरी नचलेपनि यस्ता फिल्महरु खेलीरहने बताएका थिए । बिपिन एक कर्मचारीको भूमिकामा देखिएका छन् ।सफल केसी र प्रतिक गुरुङको संयुक्त निर्देशन रहेको फिल्म ‘हरी’ मा बिपिन सँगै कमलमणी नेपाल,सुनिता ठाकुर, थिन्ले ल्होमो,लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत र सुनिशा बजगाँइको अभिनय रहेको छ । ‘हरी’ मा योगेश्वर पौडेल, थक्पा तामाङ र माधव थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्म जेठ १८ मा ‘अमेरिका बोईज’ सँग प्रदर्शनमा आउदै छ ।

Share.

Comments are closed.

error: Content is protected !!