चलचित्र ‘मट्टी माला’ को ट्रेलर सार्वजनिक

0

जेठ ४, काठमाडौँ : बुद्धि तामांग हैट र रजनी गुरुंग मंगलीको मुख्य भूमिका रहेको चलचित्र ‘मट्टी माला’ को ट्रेलर तथा पोस्टर सार्वजनिक गरिएको छ । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्रको बुधबार मात्रै फस्ट लुक्स रिलिज गरिएको हो ।

टेके पौरखी राईको लेखन तथा निर्देशनमा बनेको चलचित्र पौरखी फिल्मसको ब्यानरमा बनेको हो । प्रविण राईको लगानी रहेको ‘मट्टी माला’ मा राहुल राईको छायाँकन, सुमन राईको संगीत छ ।

कविराज गहतराज, राजेश पुन र दीपेन्द्र शाही ठकुरीको नृत्य निर्देशनमा बनेको चलचित्रमा हैट र मंगलीसँगै ‘मट्टी माला’ मा नायिका प्रियंका कार्की, पार्वती राई, शिशिर राणा, चिरन राई, सन्ध्या श्रेष्ठ, टेकराज लंघाली, अरुणा कार्की, अर्जुन गुरुंग, विनोद राई, विक्रम लामा र दीपक आचार्यको अभिनय छ ।

Share.

Comments are closed.

error: Content is protected !!