चलचित्र ‘ब्लाइन्ड रक्स’ को पहिलो गीत ‘उड्यो मन’ सार्वजनिक

0

पुस २८, काठमाडौँ। दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनमा आधारित चलचित्र ‘ब्लाइन्ड रक्स’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार साँझ सार्वजनिक गरिएको गीतको भिडियोमा कत्थक नृत्य र शास्त्रिय संगीतको समिश्रण रहेको छ । ‘उड्यो मन’बोलको गीतमा बानिका प्रधानको स्वर, हरि लम्सालको संगीत र नरेश भट्राईको शब्द रचना छ । सृष्टि श्रेष्ठको भुमिकामा देखिएकी बेनिशा हमाले गीतको भिडियोमा गज्जबले नृत्य गरेकी छिन् ।

मिलन चाम्सको कोरियोग्राफीमा बनेको गीतमा बेनिशालाई क्लासिकल गेटअपमा देखाइएको छ, जसमा उनी एकदमै सुन्दर छिन् ।

चाम्स इंटरटेनमेन्ट र एन फिल्म्स एण्ड क्रियशनको ब्यानरमा निकेश लिम्बुको चलचित्र ‘ब्लाइन्ड रक्स’ आगामी फागुन १८ गते प्रदर्शन हुदैँछ । नेपाल रिलिजको एकदिनअघि हङकङमा प्रिमियर गरिने चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ ।

Share.

Comments are closed.

error: Content is protected !!