चलचित्र ‘फिर्के’को रोमान्टिक गीत ‘सानी सानी’ सार्वजनिक

0

पुस ९, काठमाडौँ। आगामी २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फिर्के’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सानी सानी’ बोलको गीतमा विश्व नेपाली र जुना प्रसाइँको स्वर रहेको छ भने रामशरण नेपालीको शब्दमा गायक विश्वले नै संगीत भरेका छन् ।

गीतको भिडियोमा चलचित्रका कलाकार सुलेमान शंकर ‘ईकु’ र नव(नायिका क्रिष्टिना पौडेल फिचरिङ छन् । यसअघि चलचित्रको ट्रेलर र लोक लयको ‘चट्टै’ बोलको गीत युट्युबमा सार्वजनिक भइसकेको छ । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

रवि डंगोल चलचित्रका निर्देशक हुन् । छ वटा नेवारी भाषाका चलचित्रहरु निर्देशन गरेर ‘तितो सत्य’, ‘जिरे खुर्सानी’ लगायतका टेलिसिरियलमा ुबेमानुको नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र पनि निर्देशन गरेका थिए ।

यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ‘ईकु’ भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । चलचित्रलाई ओमलाल गुरुङ् र राजेश श्रेष्ठले निर्माण गरेका हुन् ।

Share.

Comments are closed.

error: Content is protected !!