चलचित्र ‘पटुकी’को ट्रेलर सार्वजनिक

0

पुस ९, काठमाडौँ। पुस २१ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पटुकी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘परदेशी’बाट चर्चामा आउन सफल नायिका रजनी केसी स्टारर फिल्मको शुक्रबार युट्युवमा ट्रेलर सार्वजनिब गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स तथा रोदनलाई जोडिएको छ ।

राम नेपालको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा माया प्रेममा उत्पन्न हुने द्वन्द्वात्मक पक्षहरुलाई समेटिएको छ । म्याक्तेन कालुले कथा लेखेको चलचित्रमा लक्ष्मण घिमिरेको सिनेम्याटोग्राफी र राजनराज शिवाकोटीको संगीत रहेको चलचित्रमा सानु कुमार महर्जनको द्धन्द निर्देशन रहेको छ । कालुकै लगानी रहेको चलचित्रमा रजनीसँगै जेम्स बिसी, दिपिका कडेँल, रोजी श्रेष्ठ, हरि थापा लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।

Share.

Comments are closed.

error: Content is protected !!