चर्चित कोरियोग्राफर कविराज गहतराज विवाह बन्धनमा बाँधिँदै

0

काठमाडौं, २९ फागुन । नेपाली चलचित्र चर्चित कोरियोग्राफर कविराज गहतराज वैवाहिक बन्धनमा बाँधिँदै छन् । गहतराज र रोजी घिमिरेबीच मंगलबार विवाह हुन लागेको हो ।

झन्डै २५ दिनअघि कोरियोग्राफर गहतराज र घिमिरेबीच इन्गेजमेन्ट भएको थियो । दुवैले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

पछिल्लो समय जति पनि चर्चित र हिट चलचित्र छन्, ती सबै चलचित्रका गीतमा कविराज गहतराजकै कोरियोग्राफी रहेको छ । अहिले उनी एपीवान टेलिभिजनबाट मार्च २९ तारिख (चैत १५) देखि आउन लागेको डान्स रियालिटी सो ‘बुगी बुगी’ को तीन जुरीमध्येका एक हुन् । जसमा नायक दिलीप रायमाझी र नायिका प्रियंका कार्की छन् ।

Share.

Comments are closed.

error: Content is protected !!