चम्किलो कोट, मलिन चेहरा – नर्सको तलबमा विभेद

0

काठमाडौँ, माघ १३: सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन ।

बीएस्सी नर्सिङकी छात्रा ऋचा घिमिरे भन्छिन्, ‘हामी किन बिरामी छाडेर आफ्ना लागि सडकमा आउनुपर्‍यो, बताइरहेका छौं । हाम्रो अपमान र असुविधाबारे सरकार र सरोकारवालालाई घच्घच्याउनु परिरहेको छ ।’ ऋचाको मर्कामा आइपुग्नुअघि हामी एकैछिन इतिहासतिर फर्कौं, जसले नेपाल नर्सिङ पढाइ र तालिमको विकासक्रम कहाँनेर छ भन्ने जानकारी दिन्छ ।

‘आगामी ६ वर्षलाई पुग्ने नर्स उत्पादन भइसकेका छन् । माग थोरै, नर्स धेरै भएका कारण श्रमशोषण भएको छ । पेसागत सुरक्षा छैन ।’ -गोमा निरौला, अध्यक्ष, नेपाल नर्सिङ काउन्सिल

माग थोरै, आपूर्ति धेरै
प्रवीणता प्रमाणपत्र तह अध्यापन गराउने कलेजहरू मुलुकभर १ सय १७ वटा छन् । सीटीईभीटी, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजबाट बर्सेनि सात हजारभन्दा बढी विभिन्न तहका नर्स उत्पादन हुने गर्छन् । सीटीईभीटीबाट तल्लो तहका नर्स उत्पादन हुने गरेका छन् ।

शोषणको सिकार
श्रम बजारमा नर्सहरूको अत्यधिक प्रवेशले पारि श्रमिक निकै न्यून हुने गरेको छ । निजी अस्पतालमा अनमी नर्सहरूले मासिक तलब १० हजार ६ सय ५० पाउँछन् भने सरकारी अस्पतालमा १८ हजार ५ सय । स्टाफ नर्सले निजीमा ११ हजारसम्म र सरकारी अस्पतालमा २३ हजार ५ सय रुपैयाँसम्म तलब पाउँछन् । ग्रान्डी, नर्भिकलगायत निजी क्षेत्रका अस्पतालले स्टाफ नर्सलाई १८ हजारसम्म दिने गरेका छन् ।
-अन्नपुर्ण पोष्ट

Share.

Comments are closed.

error: Content is protected !!