चउन्न वर्षिया गोमा पराजुली कक्षा ४ मा पढ्दै, परिवारका सदस्य अझै पनि खुशी छैनन् [हेर्नुहोस भिडियो]

0

पोखरा, २५ भदौ : पोखरा १८ बस्ने ५४ बर्षीय गोमा पराजुली अहिले कक्षा ४ मा अध्यन गर्छिन । उनले आफ्नो बाल्यकालमा स्कुल देख्न पाइनन | आफ्ना बाबाले छोरालाइ मात्र स्कुल पढाउने र छोरीले पढ्नु पर्दैन अर्काको घर जाने जात भनेर स्कुल नपठाएकै कारण पढ्न नपाएकी पराजुली अहिले आफ्नो पढ्ने चाहना पुरा गर्दैछिन | २०७४ सालमा कक्षा १ मा भर्ना भएर स्कुल पढ्न सुरु गरेकी गोमा पहिलो महिना १ मै पढिन | त्यस पछि उनिलाइ ३ कक्षामा पढ्ने सल्लाह दिईयो। सुरुका दिनमा स्कुल जाँदा समाजले अर्कै तरिकाले हेर्थ्यो उनलाई तर उनले पढ्न भने छोडिनन |

२ छोरा र २ बुहारी अमेरिकामा छन् | आफु एक्लै घर बस्ने र दिनभर कहाँ जाने के गर्ने भन्ने सोच्दा सोच्दै गोमाको केहि समय बित्यो | साथी भाइ सँग घुम्ने उनको बानि थिएन | घरमा बसेर गर्ने काम नै छैन | अनि उनले आफ्नो बालाकालको अधुरो सपना पुरा गर्न स्कुल पढ्ने निधो गरिन | सुरुमा त सबैले अब बुढेसकालमा स्कुल गएर पढेर के गर्न खोजेको हो ? भनेर सबैले मजाक पनि गरे तर उनि पढेर केहि गर्ने भन्दा पनि ज्ञान लिनु, बिद्या आर्जन गर्न, शिक्षीत हुन उमेरले छेक्दैन भनेर स्कुल भर्ना भईन। सुरुवातका दिनमा स्कुल आउदा सबैले अर्कै नजरले हेर्ने स्कुलका बच्चाहरुले पनि जिस्काउने र स्कुलको पर्खाल बाट सबैले चियाउने गर्दथे।

गोमालाई आफ्ना पतिको निधन पछि व्यापार गर्ने बेलामा हिसाब किताब गर्नकै लागि समस्या पर्यो। आफ्ना दु:खका दिन सम्झिदै उनि आफु नपढेको र हिसाब गर्न नजान्ने भएपछी अरुलाई नै बोलाएर हिसाब गर्नुपर्ने बाध्यता परेको गुनासो गर्छिन। कठिन परिस्थितिमा पनि अरुको भरमा ब्यापारको हिसाबकिताब गरेर आफ्ना छोराहरुलाई पढाउन सफल भएको उनको भनाइ छ।

स्कुलमा उनि पढाई लेखाइमा अब्बल छिन। उनलाई पढाउने शिक्षक शिक्षिका उनको पढाई देखेर दङ्ग पर्ने गर्छन। सुरुमा त उनि स्कुल जाँदा आफ्ना बाल बच्चा भर्ना गर्न आउनु भएको होला भन्ने सोचेका उनका स्कुलका शिक्षकहरु पछि आफ्नै लागि हो भन्दा अचम्ममा परे। दुइ चार दिनको रहर मात्र होला भन्ने सोचेका थियौ तर उनको पढाई प्रतिको रुचिले अहिले हामीलाई नै हौस्याएको छ।

गोमा पराजुली एकल महिला पनि हुन। उनका श्रीमान सरकारी जागिरे थिए। श्रीमानको निधन पछि दुइ छोरा पढाउन उनलाई निकै गार्हो भयो। तर पनि उनले आफ्ना छोराहरुलाई राम्रो शिक्षा दिईन। उनका जेठा छोरा नेपालमा डाँफे बिमान बनाउने पहिलो व्यक्ति हुन भने कान्छा छोरा इन्जीनियर हुन। उनीहरु आफ्नै परिवारका साथ् अमेरिका मा बस्छन। गोमाले आफ्ना छोराहरुलाई शिक्षा दिने कुरामा कुनै कसर राखिनन तर उनका छोराहरु आमाको अहिलेको पढ्ने चाहना बाट खुशी छैनन।

शिक्षालाइ उमेरले छेक्दैन भन्ने एउटा गतिलो नमुना बन्न सफल भएकी छिन गोमा पराजुली। आजभोलि उनलाई देखेर धेरै महिलाको शिक्षामा आकर्षण बढेको छ। पढ्नुको उदेश्य रोजगारी हुनु मात्र नभई आफु शिक्षित हुनु र समाज परिवर्तन गर्नका लागि भएको उनको दाबी छ। जसरि गोमा पराजुली शिक्षित हुनकै लागि स्कुल जादै छिन त्यसरी नै अन्य नेपाली महिलाहरु पनि स्कुल जाने र आफुलाई चाहिने आवश्यक ज्ञान लिने हो भने महिला अधिकार महिला हिंसा र महिला लाइ गरिने तल्लो व्यवहार बाट बच्न पुरुषको सहारा लिनु पर्ने थिएन कि ?
हेर्नुहोस भिडियो :

Share.

Comments are closed.

error: Content is protected !!