घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा

0

काठमाडौँ, ३१ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र, चितवनका कार्यालय सहयोगी कृष्णबहादुर सुवेदीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उहाँमाथि विद्युत् प्रसारण लाइन जडान गर्ने सिलसिलामा सेवाग्राहीसँग रु २० हजार घुस मागेको अभियोग छ ।
-रासस

Share.

Comments are closed.

error: Content is protected !!